काठमाडौं । सनराइज क्यापिटलले विक्रीमा ल्याएको सनराइज ब्लुचिप फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले चैत १ गतेदेखि प्रतिइकाई (कित्ता) १० रुपैयाँ दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई वक्रीमा ल्याएको थियो ।
क्यापिटले पहिलो चरणको निर्धारित समयमा चैत ४ भित्र विक्री नभएपछि समय थपेर चैत १६ गतेसम्म पुर्याइएको थियो । तर, थपिएको समय अगावै मागभन्दा बढी आवेदन परेपछि आज इकाईको विक्री बन्द गर्न लागेको हो ।
क्यापिटलले विक्रीमा ल्याइको कुल इकाईमध्ये १ करोड ५० लाख इकाई (१५ प्रतिशत) कोष प्रवर्धक सनराइज बैंकलाई बिज पूँजीको रुपमा छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १०० देखि १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । सनराइज ब्लुचिप फण्ड १० वर्षे बन्दमुखी प्रकृतिको म्युचुअल फण्ड हो । यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।
सनराइज क्यापिटलको यो दोस्रो म्युचुअल फण्ड हो । यसअघि क्यापिटलले सनराइज फर्स्ट म्युचुअल फण्ड सञ्चालनमा ल्याएको थियो।सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।