जाल्पा लघुवित्तको आइपीओ आउँदै, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

 

कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्न प्रभु क्यापिटललाई सेयर निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ।

 

नियुक्ति सम्बन्धी सम्झौतामा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत विमला योगी र क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे।

 

लघुवित्तले हाल देशका विभन्न २० जिल्लामा कारोबार गर्दै आएको छ । हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ पछि चुक्ता पूँजी १६ करोड पुग्नेछ ।

तनहुँको मानुङकोटमा केबलबार निर्माण हुने, ४ अर्बको प्रस्ताव स्वीकृत Read Previous

तनहुँको मानुङकोटमा केबलबार निर्माण हुने, ४ अर्बको प्रस्ताव स्वीकृत

आत्मनिर्भर उन्मुख दुग्धजन्य वस्तुमा पनि परनिर्भरता बढ्दो, चालू आवमा सवा १ अर्बको आयात Read Next

आत्मनिर्भर उन्मुख दुग्धजन्य वस्तुमा पनि परनिर्भरता बढ्दो, चालू आवमा सवा १ अर्बको आयात