सेयर किनबेच गर्न दोस्रो बजार प्रवेश गर्ने ह्वात्तै बढे, अहिलेसम्म कतिले लिए टीएमएस ? (सूचीसहित)

काठमाडौं । पछिल्लो समय उकालो लागेसँगै यसप्रति आकर्षित हुनेको संख्या पनि बढ्दै गएको छ । प्राथमिक बजार (आइपीओ भर्नेको संख्या) ह्वात्तै बढेसँगै दोस्रो बजार (सेयर किनबेच) गर्नेको संख्या पनि ह्वात्तै बढेको हो ।

 

सीडीएससीका अनुसार आइपीओ भर्न डिम्याट खाता खोल्नेको संख्या करिब ३२ लाख पुगिसकेको छ । तीमध्ये अहिले करिब १८ लाखले आइपीओ भर्दै आएका छन् ।

 

आइपीओ भर्नेको संख्या बढेसँगै दोस्रो बजारमा सेयर कारोबार गर्नेको संख्यामा पनि वृद्धि भएको छ । चालू आर्थिक वर्षको ८ महिनामै दोस्रो बजारमा सेयर किनबेच गर्ने दोब्बरले बढेका छन् । गत वर्षको असारसम्म करिब ३ लाख रहेको सेयर कारोबारीको संख्या बढेर अहिले ६ लाख नाघेको छ ।

 

नेप्सेले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार चैत ६ गतेसम्म सेयर कारोबार गर्ने कुल लगानीकर्ताको संख्या ६ लाख २७ हजार ६६२ पुगेको छ । यो कुल डिम्याट खोल्नेको करिब २० प्रतिशत हो ।

 

दोस्रो बजारमा सेयर कारोबार गर्ने कुल लगानीकर्तामध्ये अनलाइन कारोबार (टीएमएस) प्रयोग गर्नेको संख्या ५ लाख पुगेको छ । नेप्सेका अनुसार अहिलेसम्म टीएमएस युजर आइडी र पासवर्ड लिने (अनलाइन प्रयोगकता)को संख्या ४ लाख ९९ हजार ६९३ पुगेको छ ।

 

गत वर्षको असार ३० गतेसम्म कुल अनलाइन प्रयोगकर्ताको संख्या ३३ हजार ४२९ रहेकोमा साउनदेखि यता ४ लाख ७० हजारले अनलाइन प्रयोगकर्ता थपिएका छन् ।

 

नेप्सेका अनुसार अहिले पनि २ लाख ४३ हजार ३४८ जनाले अफलाइन (ब्रोकर कार्यालयमार्फत नै सेयर किनबेच गर्दै आएका छन् ।

 

पछिल्लो समय नेप्सेले अनलाइनबाटै युजर आइडी र पासवर्ड लिन सकिने व्यवस्था गर्दिएसँगै अनलाइन प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको हो । यस्तै, ब्रेकर कार्यालयहरुले पनि अनलाइन प्रणालीबाटै टीएएमएसको युजर नेम र पासवर्ड सहजै उपलब्ध गराउन थालेकाले लगानीकर्ता यसप्रति आकर्षित भएका हुन् ।

 

कुन ब्रोकरमा अनलाइन प्रयोगकर्ता कति ?

 

हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न अझै २ वर्ष लाग्ने Read Previous

हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न अझै २ वर्ष लाग्ने

पहिलो दिनमा कतिले भरे सिंगटी हाइड्रोको आइपीओ ? Read Next

पहिलो दिनमा कतिले भरे सिंगटी हाइड्रोको आइपीओ ?