अरुण भ्याली हाइड्रोपावरले पायो हकप्रद निष्काशन गर्न अनुमति

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ ।

 

नेपाल धितापत्र बोर्डले मंगलबार अरुणलाई हाल कामय चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १:०.५ अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

 

बोर्डको अनुमति पाएसँगै अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर जारी गर्ने छ ।

 

कम्पनीले यसअघि नै हकप्रद सेयर जारी गर्न मुक्तिनाथ क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

कान्ति राजमार्गको ५ किमी सडक अझै केही वर्ष कालोपत्र गर्न नमिल्ने Read Previous

कान्ति राजमार्गको ५ किमी सडक अझै केही वर्ष कालोपत्र गर्न नमिल्ने

कृषि विकासमा कोसेढुङ्गा बन्दै किसान लगत सङ्कलन, यसरी हुन सकिन्छ सूचीकरण Read Next

कृषि विकासमा कोसेढुङ्गा बन्दै किसान लगत सङ्कलन, यसरी हुन सकिन्छ सूचीकरण