मिर्मिरे लघुवित्तले एफपीओ जारी गर्ने

FPO

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने भएको छ ।

 

लघुवित्तले स्वेडा लघुवित्तलाई गाभेपछि संस्थापक र साधारण सेयरधनीको हिस्सा तलमाथि भए त्यसलाई राष्ट्र बैंकले तोके बमोजिम बनाउन एफपीओ जारी गर्ने भएको हो ।

 

लघुवित्तले यही एजेन्डा पारित गर्न आगामी चैत १८ गते वार्षिक साधारणसभा बोलाएको छ । यस्तै, लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको ९.६७ प्रतिशत लाभांश पारित गर्ने मुख्य एजेन्डा पारित गर्ने प्रस्ताव लैजाने भएको छ ।

 

लघुवित्तले गत आवको मुनाफाबाट ९.१९ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.४८ प्रतिशत नगद गरी कुल ९.६७ प्रतिशत लाभांश् घोषणा गरेको छ ।

 

यस्तै, सभामा सञ्चालक समितिमा नयाँ सदस्य नियुक्ति र राजीनामाको जानकारी तथा अनुमोदन गर्ने पनि एजेण्डा छ।

१ लाख ऋण लिएर व्यवसाय शुरू गरेका युवा बने ११ होटलको मालिक Read Previous

१ लाख ऋण लिएर व्यवसाय शुरू गरेका युवा बने ११ होटलको मालिक

पहिलोपटक चीनबाट युरिया मल आयात, ४ हजार मेट्रिकटन ल्याइँदै Read Next

पहिलोपटक चीनबाट युरिया मल आयात, ४ हजार मेट्रिकटन ल्याइँदै