काठमाडौं । नेपाल हाइड्रो डेभलपर कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवसम्मको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले यसअघि आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो । तर, साधरण साधारणसभा हुन नसकेकाले अहिले त्यो समेत जोडर १५.७८ प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्। कम्पनीले चैत १७ गते एकैसाथ ३ आर्थिक वर्षको साधरण सभा डाकेको छ ।