काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले शुक्रबारदेखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्रीमा ल्याएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।
कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) कम्पनीका कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) नै सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिभित्र विक्री नभएका भने ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।
३ वर्षमा ११८ शाखा सञ्जाल विस्तार
ज्योति लाइफ इन्स्योरेन्स जीवन बीमा व्यवसाय गर्ने उद्देश्यले २०७४ वैशाख २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको कम्पनी हो ।
कम्पनीले २०७४ असार २० गते बीमा समितिबाट जीवन बीमा सम्बन्धी व्यवसायिक कारोबार गर्न स्वीकृति पाएको थियो भने २०७४ कार्तिक २२ गतेदेखि औपचारिक रुपमा व्यवसायिक कारोबार शुरु गरेको थियो ।
संचालनमा आएको ३ वर्षको अवधिमा कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा ११८ वटा शाखा संचाल विस्तार गरी सेवा प्रदान गर्दै आएको छ । कम्पनीको प्रधान कार्यालय पोखरा महानगरपालिका ९, कास्कीमा रहेको छ भने कारोबार गर्ने मुख्य कार्यालय काठमाडौं महानगरपालिका ३० ज्ञानेश्वरमामा रहेको छ।
यस्तो छ वित्तीय अवस्था
३ करोड अधिकृत पूँजी रहेको लघुवित्तको जारी पूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले थप पूँजी वृद्धि गर्न कम्पनीले ६६ रुपैयाँको आइपीओ जारी गर्न लागेको हो ।
आइपीओपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक सेयर होल्डरको स्वामित्व ७० प्रतिशत रहेको छ भने सर्वसाधराणको हिस्सा ३० प्रतिशत रहने छ ।

कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिसम्म कम्पनीले १ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । समीक्षा अवधिसम्म कम्पनीको जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ, जीवन बीमा कोषमा २ अर्ब ९१ करोड ७९ लाख रुपैयाँ सञ्चित छ।
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिसम्म कम्पनीले १ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । समीक्षा अवधिसम्म कम्पनीको जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ, जीवन बीमा कोषमा २ अर्ब ९१ करोड ७९ लाख रुपैयाँ सञ्चित छ।
चालू आावको कम्पनीको वार्षिक प्रतिसेयर नेटवर्थ १३५. २६ रुपैयाँ र प्रतिसेयर आम्दानी १२.२० रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। गत आव २०७६/७७ मा २८ करोड ६४ लाख बढाएर संचित नाफामा रहेको कम्पनीले चालू आवमा त्यस्तो नाफा बढाएर ४२ करोड ३५ लाख र आव २०७८/७९ मा ५९ करोड ७४ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।
को-को छन् प्रमोटर सेयर होल्डर ?
आइपीओ पछि २ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी पुग्ने कम्पनीमा संस्थापक (प्रमोटर) सेयर होल्डरको हिस्सा ७० प्रतिशत रहेको छ । कम्पनीमा विभिन्न व्यक्ति तथा संस्थाको कुल १ करोड ५४ लाख कित्ता प्रमोटर सेयर रहेको छ ।

कम्पनीमा मुख्यगरी मारबाडी समुदायको प्रभुत्व रहेको छ । प्रमोटर सेयर होल्डरमध्ये अधिकांश यसै समुदायका व्यक्तिहरु रहेका छन् । कम्पनीमा एनआइसी एशिया बैंकसहित ४ कम्पनी र १७ व्यक्ति प्रमोटर सेयर होल्डरका रुपमा रहेका छन् ।
कम्पनीमा प्रमोटर सेयर होल्डरमध्ये सबैभन्दा धेरै हिस्सा उषा अग्रवाल र नितेश अग्रवालको रहेको छ । यी दुई जनाको समान २८२८ लाख कित्ता सेयर रहेको छ । जुन कुल चुक्ता पूँजीको २५ प्रतिशत हो ।
यसैगरी, कम्पनीमा प्रमोटर सेयर होल्डरको रुपमा एनएआइसी एशिया बैंकको १५ लाख कित्ता, बोध प्रसाद त्रिपाठी ७ लाख ५० हजार कित्ता, शिरिशकुमार मुरारका ७ लाख कित्ता र सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रालिको ६ लाख कित्ता सेयर रहेको छ ।