ज्योति लाइफको आइपीओ खुल्ने मिति परिवर्तन, अब कहिलेदेखि खुल्छ ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन मिति परवर्तन भएको छ । यसअघि फागुन २३ गतेदेखि निष्काशन हुने भनिएको कम्पनीको आइपीओ अब दुई दिन अघि अर्थात् फागुन २१ गतेदेखि विक्री खुला हुने भएको छ ।

 

आइतबारदेखि सेयर निष्काशन गर्दा सीडीएसको प्रणालीमा लोड भई इडीआईएस गर्न समस्या हुने देखिएपछि मिति परिवर्तन गरिएको कम्पनीले जनाएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) कम्पनीका कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) नै सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिभित्र विक्री नभएका भने ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

 

हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

कोरोनाका बीच पर्यटक आगमन बढ्दै, दुई महिनामा भित्रिए १८ हजार विदेशी Read Previous

कोरोनाका बीच पर्यटक आगमन बढ्दै, दुई महिनामा भित्रिए १८ हजार विदेशी

राष्ट्रिय बीमा संस्थानको उपत्यकामा दुई नयाँ शाखा संचालनमा Read Next

राष्ट्रिय बीमा संस्थानको उपत्यकामा दुई नयाँ शाखा संचालनमा