नेशनल लाइफको २५ हजार कित्ता सेयर ४९२ रुपैयाँमा किन्ने अवसर

काठमाडौं । नेशनल लाइफ इन्सुरेन्सको संस्थापक (प्रमोटर) सेयर आज (फागुन १७ गते) देखि लिलामीमा आएको छ ।एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको २५ हजार कित्ता सेयर लिलामीमा ल्याएको हो ।

 

कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ४९२ रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

 

कम्पनीको लिलामी सेयरमा फागुन २३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको लिलामी सेयरमा विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल, बबरमहल काठमाडौं, एनआइसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथलीका साथै शाखा कार्यालयहरु विराटनगर, वीरगंज, बुटवल, पोखरा, धनगढी र सुर्खेत शाखाबाट आवेदन दिन सकिने छ ।

मनाङमा पहिलोपटक जोडियो ३३ केभीको प्रसारण लाइन Read Previous

मनाङमा पहिलोपटक जोडियो ३३ केभीको प्रसारण लाइन

क्लासिक टेकको मुख्य डिभाइस तोडफोड गर्ने पूर्व कर्मचारी पक्राउ Read Next

क्लासिक टेकको मुख्य डिभाइस तोडफोड गर्ने पूर्व कर्मचारी पक्राउ