राष्ट्र उत्थान लघुवित्तको साढे ८ लाख कित्ता एएफपीओ आउँदै
चाणक्य पोष्ट
प्रकाशित : 2:45 pm, आइतबार, फाल्गुन १६, २०७७

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तले फरदर पब्लिक अफरङि (एफपीओ) जारी गर्ने भएको छ । लघुवित्तले हाल कायम जारी पूँजीको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर एफपीओ निष्काशन गर्ने प्रस्ताव साधरण सभामा लैजाने भएको हो ।

 

कम्पनीले उक्त प्रस्ताव पारित गर्न आगामी चैत ८ गते साधरण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय साँगा बनेपामा दिउँसो २ बजे शुरु हुनेछ ।

 

यसैगरी सभामा अन्य कुनै कम्पनीहरुसँग मर्जर तथा प्राप्ति सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन र लेखापरीक्षक नियुक्ति गर्ने लगायत एजेन्डा लैजाने भएको छ ।