३ लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । ३ लघुवित्त कम्पनीले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । स्वरोजगार लघुवित्त, नेशनल माइक्रोफाइनान्स र गणपति लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

यी लघुवित्तले साधरणसभाको मिति घोषणा गरी फागुन १४ र १५ गते बुकक्लोज मिति तोकेका छन् । भोलि शुक्रबार सेयर कारोबार नहुने भएकाले आजसम्म सेयर किन्नेले यी लघुवित्तको लाभांश् पाउनेछन् ।

 

स्वरोजगार लघुवित्तले फागुन २९ गते वार्षिक लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । सभा प्रयोजनाका लागि लघुवित्तले फागुन १५ गते (शनिबार) देखि २८ गते सम्म बुक क्लोज तोकेको छ । तसर्थ, भोलि शुक्रबार कारोबार नहुने भएकाले आजसम्म सेयर किन्नेले मात्र लाभांश पाउनेछन् ।

 

लघुवित्तले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १२.३९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद गरी कुल १३.०४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यसैगरी, नेशनल माइक्रोफाइनान्सले चैत ५ गते साधरणसभा डाकेको छ । सभा प्रयोजनका लागि माइक्रोफाइनान्सले फागुन १४ गते बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म सेयर किन्नले कम्पनीको लाभांश् पाउनेछन् ।

 

नेशनलले गत आवको नाफाबाट २१ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

 

यसैगरी, गणपति लघुवित्तले फागुन २८ गते हुने साधरणसभाका लागि फागुन १४ गते बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म सेयर किन्नले कम्पनीको लाभांश पाउनेछन् ।

 

गणपतिले गत आवको नाफाबाट १५ प्रतिशत बोनस र ०.७९ नगद गरी कुल १५.७९ प्रतिशत लाभांश् घोषणा गरेको छ ।

 

यी तिनै लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

३ वर्षमा सरकारको ऋण दोब्बर, प्रति नेपालीको थाप्लोमा कति ? Read Previous

३ वर्षमा सरकारको ऋण दोब्बर, प्रति नेपालीको थाप्लोमा कति ?

झापामा नेपालकै ठूलो औद्योगिक पार्क बन्दै, ४५ हजारले प्रत्यक्ष रोजगारी पाउने Read Next

झापामा नेपालकै ठूलो औद्योगिक पार्क बन्दै, ४५ हजारले प्रत्यक्ष रोजगारी पाउने