काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।
कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
ज्यातिले आइपीओ निष्काशन अनुमति माग्दै मंसिर २३ गते बोडएमा आवेदन दिएको थियो । कम्पनीले यस अघि नै आइपीओ जारी गर्न सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरिसकेको छ ।
हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।