काठमाडौं । नागरिक लगानी कोषको हकप्रद सेयर बाँडफाँट भएको छ । कोषले १ः८२ अनुपातमा विक्रीमा ल्याएको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर मध्ये १ करोड ३२ लाख ३८ हजार ३७८.९५ कित्ता बाँडफाँट भएको छ ।
कोषको ३ लाख ५४ हजार २१३.०५ कित्ता हकप्रद विक्री हुन नसकेको हो । हकप्रदमा नबिकेको सेयर अब लिलामी मार्फत विक्री गरिने कोषले जनाएको छ ।
कोषले पुस २८ गतेबाट माघ १९ गतेसम्म १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर विक्रीमा ल्याएको थियो ।
हाल १ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कोषको हकप्रद र बाँकी रहेको सेयर लिलामी पछि चुक्ता पूँजी ३ अर्ब रुपैयाँ पुग्नेछ ।