काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
लघुवित्तले फागुन २२ गते लाभांश प्रताव पारित गर्न साधरण साधरण सभा बोलाएको छ । त्यसका लागि फागु ७ गतेदेखि २२ गतेसम्म बुक क्लोज मिति तोको छ । तसर्थ, लघुवित्तको उक्त लाभांश आजसम्म कायम रहने सेयरधनीले मात्र पाउनेछन् ।
लघुवित्तले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
यो आर्थिक वर्ष २०७५/७६ को भन्दा १२.३७ प्रतिशत कम हो । लघुवित्तले अघिल्लो वर्ष १५ प्रतिशत बोनस सेयर र ५.७९ गरी कुल २०.७९ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।