महिला लघुवित्तको आइपीओ हालसम्मकै धेरै आवेदन, कति जनाले भरे ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) मा हालसम्मकै धेरै आवेदन परेको छ ।

 

विक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङका अनुसार लघुवित्तको आइपीओमा १५ लाख १९ हजार १२८ आवेदकले २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६२.४९ गुणा बढी हो ।

 

यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझै बढ्नसक्ने क्यापिटलले जनाएको छ ।

 

लघुवित्तको आइपीओमा परेको आवेदन हालसम्म कुनै पनि कम्पनीको आइपीओमा परेको सबैभन्दा धेरै हो । यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा १४ लाख ७५ हजार बढीले आवेदन दिएका थिए ।

 

लघुवित्तले गत शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

 

निष्काशन भएको कुल ४ लाख कित्तामध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) कर्मचारी, ५ प्रतिशत (२० हजार कित्ता) सामूहिक लगानी कोष र  ३ लाख ७५ हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

 

लघुवित्तको जारी पूँजी १० करोड रुपैयाँ रहेको छ । हाल ६ करोड चुक्ता पूँजी रहेको लघुवित्तको ४ करोडको आइपीओ जारीपछि चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने छ । कम्पनीमा प्रमोटरसेयर होल्डरको हिस्सा ६० प्रतिशत र सर्वसाधरणको ४० प्रतिशत रहनेछ ।

 

लघुवित्तले चालू आवको दोस्रो त्रैमासमा ५ करोड ४३ लाख खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १५९.४६ प्रतिशत बढी हो ।लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ५१.२३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ छ ।

गल्छी-रसुवागढी सडक निर्माणले गति लिँदै, ६५ प्रतिशत काम सम्पन्न Read Previous

गल्छी-रसुवागढी सडक निर्माणले गति लिँदै, ६५ प्रतिशत काम सम्पन्न

मल खरिद २९ करोड महँगियो, एउटै कम्पनीको सस्तो प्रस्ताव रद्द गरी फेरि उसैलाई महँगोमा ठेक्का Read Next

मल खरिद २९ करोड महँगियो, एउटै कम्पनीको सस्तो प्रस्ताव रद्द गरी फेरि उसैलाई महँगोमा ठेक्का