काठमाडौं । कोरोना महामारीले विश्वको आर्थिक र सामाजिक संरचनामा व्यापक परिर्वतन ल्याएको छ । राजनीतिक र सामाजिक प्रणाली बदलिएको छ भने नयाँ सामाजिक मान्यताहरूको विकास भएको छ । विश्वका सामू विभेद, प्रविधिक परिर्वतन, जलवायु परिर्वतन र बसाइसराइका सन्दर्भमा नयाँ चुनौतीहरू थपिएका छन् ।
अझै पनि महामारीको पूर्ण प्रभाव देखापरिसकेको छैन । अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको कुल ग्राहस्थ उत्पादनमा सन् २०२० मा ४.४ प्रतिशतले संकुचन आएको र सन् २०२१ मा त्यसमा सुधार आउने र ५.२ प्रतिशतको वृद्धि हुने अनुमान गरेको छ । तर यो वृद्धि समुचित भने नहुने उसको अनुमान छ ।
तर यस्तो चुनौतीका बाबजूद विश्व नेतृत्वको सहकार्य र भाइचाराको विकास भने गर्न सकेको छैन । सस्तो लोकप्रियता, संकुचित राष्ट्रवाद जस्ता विचारधाराहरूको विकास भएको छ । मानिसहरूको सरकार र राज्य प्रतिको विश्वास धर्मराएको छ । लोकतान्त्रिक मूल्य र मान्यताहरू संकटमा परेका छन् ।
यसै समयमा अफ्रिकन कन्टिनेन्टल फ्रि ट्रेड एरिया (एफसीएफटीए) कार्यान्वयनमा आएको छ । अफ्रिकी मुलुकहरू बीच यो सम्झौता सन् २०१८ मा गरिएको थियो भने त्यसको कार्यान्वयन सन् २०२१ को जनवरी देखि भएको छ । अहिलेको विश्व परिवेशमा यो सम्झौताको कार्यान्वयन ‘गेम चेन्जर’ नै भएको विश्वास गरिएको छ ।
हाल अफ्रिको हिस्सा विश्व व्यापारमा १७ प्रतिशत मात्र रहेको छ । अफ्रिकाको कुल निर्यातको १७ प्रतिशत मात्र अन्तर महादेशिय रहेको छ । एशिया र युरोपको अन्तर महादेशिए व्यापार कुल व्यापारको क्रमशः ५९ र ६८ प्रतिशत रहेको छ । त्यसैले अफ्रिकाको व्यापारिक संरचनाको परिर्वतन महत्वपूर्ण विषय हो ।

यो सम्झौताको कार्यान्वयनले सबैभन्दा खुल्ला व्यापार क्षेत्रको सृजना गर्ने बताइएको छ । यसले ५५ देशका १.३ अर्ब मानिसहरू र कुल ३.४ ट्रिलियन डलरको अर्थतन्त्रलाइ जोड्नेछ ।
सम्झौताको कार्यान्वयन यस्तो समयमा भएको छ, जुन बेला विश्व सहकार्य र खुल्ला व्यापारको विषयबाट टाढिँदै गइरहेको छ । यो सम्झौताले व्यापारको लागत घटाउने अफ्रिकालाई विश्व आपूर्ति श्रृंखलामा जोड्ने विश्वास लिएको छ । यसले ९० प्रतिशत व्यापारका विभिन्न अवरोधहरूलाइ खुकुलो बनाउने विश्वास छ ।
अहिलेको विश्व चुनौतीको चाङमा उभिएको छ । यस्तो अवस्थामा धेरै व्यापार र वृहत सहकार्यको आवश्यकता पर्दछ । यसमा अफ्रिकी सम्झौताले विशेषगरी अफ्रिका र समग्र विश्वलाइ विभिन्न ढंगले सहयोग पुर्याउने विश्वास लिइएको छ ।
विश्व बैंकको पछिल्लो प्रतिवेदनले क्षेत्रीय आम्दानी ७ प्रतिशतले बढेर ४५० अर्ब डलर पुग्ने आंकलन गरेको छ । महिलाहरूको ज्याला पनि बढ्ने र सन् २०३५ सम्म ३ करोड मानिसहरू गरिबीको रेखाबाट माथि उक्लिने प्रतिवेदनले उल्लेख गरेको छ । सीप भएका र नभएका दुवैथरी कामदारको ज्याला क्रमशः १०.३ र ९.८ प्रतिशतले बढ्ने प्रक्षेपण प्रतिवेदनले गरेको छ ।
यसैगरी यो सम्झौताले निर्यातको विविधीकरण गर्ने, आर्थिक वृद्धिको गति तीव्र ढंगले बढाउने, विश्व अर्थतन्त्रमा प्रतिस्पर्धात्मक ढंगले जोड्ने, आम्दानी र रोजगारीको अवसर बढाउने र आर्थिक समावेशीता अभिवृद्धि गर्ने जनाइएको छ ।
सम्झौता पश्चात् अफ्रिकाको औद्योगिक उत्पादनको निर्यात ५६० अर्ब डलरले बढ्ने प्रक्षेपण छ । अन्तरदेशिए निर्यात ८१ प्रतिशतले बढ्ने अनुमान छ । सफलता पूर्वक कार्यान्वयन गरिएको खण्डमा एफसीएफटीएले उपभोग्य र व्यवसायीक खर्च सन् २०३० सम्म ६.७ ट्रिलियन डलर पुर्याउने अनुमान गरिएको छ । एफसीएफटीए सम्झौताले महिलाहरूको जीवनस्तरमा पनि धेरै ‘फोकस’ गरेको छ ।
एफसीएफटीए सम्झौताले विश्वव्यापी रुपमा र मूल रुपमा अफ्रिकामा व्यवसायिक सुशासन पनि कायम गर्ने बताइएको छ । व्यवसायीक कारोबारहरू पारदर्शी हुने पनि बताइएको छ ।
यसैगरी यो सम्झौताको प्रभावकारी कार्यान्वयनले कोभिड १९ को प्रभाव न्यूनीकरण गर्ने र यो सहकार्यको सकारात्मक प्रभाव विश्व अर्थतन्त्रकै लागि सकारात्मक उदाहरण प्रस्तुत गर्ने समेत विश्वास लिइएको छ । -वर्ल्ड इकोनोमिक फोरम