अबको विश्व व्यापारको ‘गेम चेञ्जर’ बन्दै अफ्रिका महादेश, यस्ता छन् सम्भावना

काठमाडौं । कोरोना महामारीले विश्वको आर्थिक र सामाजिक संरचनामा व्यापक परिर्वतन ल्याएको छ । राजनीतिक र सामाजिक प्रणाली बदलिएको छ भने नयाँ सामाजिक मान्यताहरूको विकास भएको छ । विश्वका सामू विभेद, प्रविधिक परिर्वतन, जलवायु परिर्वतन र बसाइसराइका सन्दर्भमा नयाँ चुनौतीहरू थपिएका छन् ।

 

अझै पनि महामारीको पूर्ण प्रभाव देखापरिसकेको छैन । अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको कुल ग्राहस्थ उत्पादनमा सन् २०२० मा ४.४ प्रतिशतले संकुचन आएको र सन् २०२१ मा त्यसमा सुधार आउने र ५.२ प्रतिशतको वृद्धि हुने अनुमान गरेको छ । तर यो वृद्धि समुचित भने नहुने उसको अनुमान छ ।

 

तर यस्तो चुनौतीका बाबजूद विश्व नेतृत्वको सहकार्य र भाइचाराको विकास भने गर्न सकेको छैन । सस्तो लोकप्रियता, संकुचित राष्ट्रवाद जस्ता विचारधाराहरूको विकास भएको छ । मानिसहरूको सरकार र राज्य प्रतिको विश्वास धर्मराएको छ । लोकतान्त्रिक मूल्य र मान्यताहरू संकटमा परेका छन् ।

 

यसै समयमा अफ्रिकन कन्टिनेन्टल फ्रि ट्रेड एरिया (एफसीएफटीए) कार्यान्वयनमा आएको छ । अफ्रिकी मुलुकहरू बीच यो सम्झौता सन् २०१८ मा गरिएको थियो भने त्यसको कार्यान्वयन सन् २०२१ को जनवरी देखि भएको छ । अहिलेको विश्व परिवेशमा यो सम्झौताको कार्यान्वयन ‘गेम चेन्जर’ नै भएको विश्वास गरिएको छ ।

 

हाल अफ्रिको हिस्सा विश्व व्यापारमा १७ प्रतिशत मात्र रहेको छ । अफ्रिकाको कुल निर्यातको १७ प्रतिशत मात्र अन्तर महादेशिय रहेको छ । एशिया र युरोपको अन्तर महादेशिए व्यापार कुल व्यापारको क्रमशः ५९ र ६८ प्रतिशत रहेको छ । त्यसैले अफ्रिकाको व्यापारिक संरचनाको परिर्वतन महत्वपूर्ण विषय हो ।

यो सम्झौताको कार्यान्वयनले सबैभन्दा खुल्ला व्यापार क्षेत्रको सृजना गर्ने बताइएको छ । यसले ५५ देशका १.३ अर्ब मानिसहरू र कुल ३.४ ट्रिलियन डलरको अर्थतन्त्रलाइ जोड्नेछ ।

 

सम्झौताको कार्यान्वयन यस्तो समयमा भएको छ, जुन बेला विश्व सहकार्य र खुल्ला व्यापारको विषयबाट टाढिँदै गइरहेको छ । यो सम्झौताले व्यापारको लागत घटाउने अफ्रिकालाई विश्व आपूर्ति श्रृंखलामा जोड्ने विश्वास लिएको छ । यसले ९० प्रतिशत व्यापारका विभिन्न अवरोधहरूलाइ खुकुलो बनाउने विश्वास छ ।

 

अहिलेको विश्व चुनौतीको चाङमा उभिएको छ । यस्तो अवस्थामा धेरै व्यापार र वृहत सहकार्यको आवश्यकता पर्दछ । यसमा अफ्रिकी सम्झौताले विशेषगरी अफ्रिका र समग्र विश्वलाइ विभिन्न ढंगले सहयोग पुर्याउने विश्वास लिइएको छ ।

 

विश्व बैंकको पछिल्लो प्रतिवेदनले क्षेत्रीय आम्दानी ७ प्रतिशतले बढेर ४५० अर्ब डलर पुग्ने आंकलन गरेको छ । महिलाहरूको ज्याला पनि बढ्ने र सन् २०३५ सम्म ३ करोड मानिसहरू गरिबीको रेखाबाट माथि उक्लिने प्रतिवेदनले उल्लेख गरेको छ । सीप भएका र नभएका दुवैथरी कामदारको ज्याला क्रमशः १०.३ र ९.८ प्रतिशतले बढ्ने प्रक्षेपण प्रतिवेदनले गरेको छ ।

 

यसैगरी यो सम्झौताले निर्यातको विविधीकरण गर्ने, आर्थिक वृद्धिको गति तीव्र ढंगले बढाउने, विश्व अर्थतन्त्रमा प्रतिस्पर्धात्मक ढंगले जोड्ने, आम्दानी र रोजगारीको अवसर बढाउने र आर्थिक समावेशीता अभिवृद्धि गर्ने जनाइएको छ ।

 

सम्झौता पश्चात् अफ्रिकाको औद्योगिक उत्पादनको निर्यात ५६० अर्ब डलरले बढ्ने प्रक्षेपण छ । अन्तरदेशिए निर्यात ८१ प्रतिशतले बढ्ने अनुमान छ । सफलता पूर्वक कार्यान्वयन गरिएको खण्डमा एफसीएफटीएले उपभोग्य र व्यवसायीक खर्च सन् २०३० सम्म ६.७ ट्रिलियन डलर पुर्याउने अनुमान गरिएको छ । एफसीएफटीए सम्झौताले महिलाहरूको जीवनस्तरमा पनि धेरै ‘फोकस’ गरेको छ ।

 

एफसीएफटीए सम्झौताले विश्वव्यापी रुपमा र मूल रुपमा अफ्रिकामा व्यवसायिक सुशासन पनि कायम गर्ने बताइएको छ । व्यवसायीक कारोबारहरू पारदर्शी हुने पनि बताइएको छ ।

 

यसैगरी यो सम्झौताको प्रभावकारी कार्यान्वयनले कोभिड १९ को प्रभाव न्यूनीकरण गर्ने र यो सहकार्यको सकारात्मक प्रभाव विश्व अर्थतन्त्रकै लागि सकारात्मक उदाहरण प्रस्तुत गर्ने समेत विश्वास लिइएको छ । -वर्ल्ड इकोनोमिक फोरम

सिटिजन लाइफको ७५ करोडको आइपीओ आउँदै, साधारण सभाबाट प्रस्ताव पारित Read Previous

सिटिजन लाइफको ७५ करोडको आइपीओ आउँदै, साधारण सभाबाट प्रस्ताव पारित

फाइभ जीको फ्रिक्वेन्सी निर्धारण Read Next

फाइभ जीको फ्रिक्वेन्सी निर्धारण