काठमाडौं । काडमाडौंको जमलमा नेपालकै पहिलो मोटरसाइकल म्यूजियम संचालनमा आएको छ । एसजे मोटो नामबाट खुलेको मोटरसाइकल म्यूजियम होन्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिङका चेयरम्यान शौरभ ज्योतिले खोलेका हुन् ।
फागुन ३० गते शुक्रबार उद्घाटन गरिएको उक्त शोरुममा विभिन्न १० ब्राण्डका आइकोनिक मोटरसाइकलहरु शोकेस गरिएको छ । ‘बाइक(कफी(कल्चर(फन’ स्लोगन सहित संचालनमा आएको उक्त म्यूजियममा मोटरसाइकल अवलोकन गर्न चाहने मानिसले विहान १० बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने छ ।
उक्त म्यूजियममा शौरभ ज्योतिले अहिलेसम्म संकलन गरेका मोटरसाइकललाई राखिएको छ । होन्डाका पुराना मोटरसाइकलदेखि एमभी अगस्टाका लेटेष्ट मोडलसम्मका मोटरसाइकल अवलोकनकर्ताले देख्न पाउने छन् ।म्यूजियमले मोटरसाइकल पारखीहरुलाई लोभ्याउने विश्वास गरिएको छ ।