काठमाडौं । एकैसाथ दुई लघुवित्तको संस्थापक समूहको (प्रमोटर) सेयर लिलामीमा आएको छ ।
बैंक अफ काठमाण्डूले आफ्नो स्वामित्वमा रहेको छिमेक लघुवित्त र आरएमडीसी लघुवित्तको कुल ८ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।
बैंकले छिमेकको ७ लाख कित्ता र आरएमडीसी लघुवित्तको १ लाख ५० हजार कित्ता गरी ८ लाख ५० हजार कित्ता लिलामीमा ल्याएको हो ।
इच्छुक लगानीकर्ताले छिमेकको न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपैयाँ र आरएमडीसीको प्रतिकित्ता ५२० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।
लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाका साथै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले दुवै लघुवित्तको न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीको लिलामी सेयरमा फागुन ३ गते सम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।
इच्छुक लगानीकर्ताले बीओको क्यापिटल मार्केट कमलादी, बैंक अफ काठमाण्डूको विराटनगर, विर्तामोड, जनकपुर, वीरगंज, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखाबाट आवेदन पेश गर्न सक्नेछन् ।