४ दिनमा कतिले भरे ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ ?

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) खुलेको चौथो दिनसम्म पौने ११ लाख बढीले आवेदन दिएका छन् ।

 

विक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार सोमबार दिउँसो ४ः३० बजेसम्म कम्पनीको आइपीओमा १० लाख ७६ हजार ९१४ जनाले आवेदन दिएका छन् ।

 

उनीहरुले कुल १ अर्ब ९५ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ९५ लाख २० हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६ गुणाभन्दा बढी हो ।

 

कम्पनीले शुक्रबार (माघ २३ गते) देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गरेको छ ।

 

सोमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले पहिलो चरणमा २०७५ फागुनमा आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीयका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको थियो ।

 

सोमध्ये १ लाख ३ हजार ६०० कित्ता मात्र विक्री भएको थियो । बाँकी रहेको १६ लाख ९६ हजार ४०० कित्तासहित ३४ लाख ९६ हजार ४०० आइपीओ निष्काशन गरेको हो ।

 

कम्पनीको आइपीओमा माघ २७ गतेसम्ममा आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै आइपीओ नबिकेमा ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन पाइनेछ । सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

 

कति कित्ता भर्नु उपयुक्त

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई ३२ करोड ५१ लाख ६५२ कित्ता छुट्याएको छ । यसअघि खुलेका आइपीओमा करिब १५ लाखले आवेदन दिँदै आएका छन् ।

 

सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

माइक्रोफाइनान्सको सेयर १५०० रुपैयाँ मुनि पाउनै मुश्किल, यसकारण अचाक्ली बढ्दै छ भाउ Read Previous

माइक्रोफाइनान्सको सेयर १५०० रुपैयाँ मुनि पाउनै मुश्किल, यसकारण अचाक्ली बढ्दै छ भाउ

सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान शुरु Read Next

सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान शुरु