काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको आइतबार बसेको बैठकले सेयरधनीलाई गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश गरी ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
इन्स्योरेन्सले यसअघि आव २०७३/७४ मा २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।