इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ सेयरधनीको खातामा, कहिलेबाट हुन्छ कारोबार ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक साधरण सेयर (आइपीओ) सेयरधनीको डिम्याट खातामा आएको छ ।

 

गतहप्ता आइपीओ बाँडफाँड गरेको बैंकले सीडीएस एण्ड क्लिएरिङमा सेयर सूचीकृत गरेसँगै सीडीएसले सेयरधनीको खातामा पठाएको हो ।

 

यस्तै, आइतबार नेपाल स्टक एक्स्चेन्जम सेयर सूचीकृत गराउने गरी तयारी भइरहेकोे बैंकले जनाएको छ । आइतबार नेप्सेमा सूचीकृत भए सोमबारदेखि बैंकको दोस्रो बजारमा कारोबारमा आउने छ ।

 

कम्पनीको सेयर NIFRA संकेतमा कारोबार हुनेछ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम ११३.६२ रुपैयाँदेखि अधिकतम ३४०.८६ रुपैयाँ ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।सामान्यतः कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्जमा पहिलो कारोबार हुने गर्दछ ।

 

बैंकले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो ।उक्त आइपीओमा कुल १४ लाख ८१ हजार २८४ जनाले आवेदन दिएका थिए । सोमध्ये ६ हजार २७६ आवेदन रद्द भएका थिए भने सदर भएका १४ लाख ७५ हजार ८ जनाले सेयर हात पारेका थिए ।

 

जसमा ५० कित्तासम्म आवेदन दिनेले मागे जति सेयर पाएका थिए भने सोभन्दा बढी माग गर्नेले गोलाप्रथाबाट ६० कित्ता सेयर पाएका थिए । ३४ हजार ३० जनाले १० कित्ता, २९ हजार ८५४ जनाले २० कित्ता, २० हजार २४८ जनाले ३० कित्ता, १६ हजार ९३४ जनाले ४० कित्ता, ८ लाख ८१ हजार ८७० जनाले ५० कित्ता र ४ लाख ९२ हजार ७२ जनाले ६० कित्ता पाएका थिए।

 

हाल १२ अर्ब चुक्ता पूँजी रहेको बैंकको आइपीओ पछि चुक्ता पूँजी २० अर्ब पुगेको छ ।

रुरु जलविद्युतले पायो प्रिमियम मूल्यमा आइपीओ जारी गर्न अनुमति, प्रतिकित्ता मूल्य कति ? Read Previous

रुरु जलविद्युतले पायो प्रिमियम मूल्यमा आइपीओ जारी गर्न अनुमति, प्रतिकित्ता मूल्य कति ?

भन्सार जाँचपास नहुँदा सिर्सिया बन्दरगाहमा महिनौंदेखि थन्किए साढे २ हजार बढी कन्टेनर Read Next

भन्सार जाँचपास नहुँदा सिर्सिया बन्दरगाहमा महिनौंदेखि थन्किए साढे २ हजार बढी कन्टेनर