मेलम्चीको ‘हेडबक्स’ निर्माण गर्न अझै २ महिना लाग्ने, चैतमा पानी ल्याउने उधारो वाचा पूरा नहुने

काठमाडैं । राजधानी वासीलाई मेलम्चीको पानी खुवाइने सपना देखाइएको २ दशक बिते पनि अझै पूरा हुन सकेको छैन ।

 

सरकार र राजनीतिक दलले काठमाडौंका बासिन्दालाई झुक्याउन प्रयोग हुँदै आएको मेलम्ची खानेपानी आउने मिति दर्जनौं पटक तोके पनि अहिलेसम्म पानी आउन सकेको छैन ।

 

सेतो हात्ती बनाइएको आयोजना सरकारको चुनावी नारा मात्र हुनु, ठेकेदारको लापारबाही, कमिशनको खेल, कामदार अभाव, मुआब्जा विवाद, स्थानीयको विरोध लगायत कारणले निरन्तर काम हुन नसक्दा २ दशक बित्दा पनि सम्पन्न हुन नसकेको हो ।

 

मन्त्री फेरिए पिच्छै नयाँ भाका तोकिने गरे पनि मेलम्चीको पानी भने अझै ल्याउन सकिएको छैन । सेतो हात्ती बनाइएको आयोजना सरकारको चुनावी नारा मात्र हुनु, ठेकेदारको लापारबाही, कमिशनको खेल, कामदार अभाव, मुआब्जा विवाद, स्थानीयको विरोध लगायत कारणले निरन्तर काम हुन नसक्दा, २ दशक बित्दा पनि सम्पन्न हुन नसकेको हो ।

 

भाका तोक्ने तर, कहिल्यै पानी आउन नसकेको तीतो यर्थाथ बीच पछिल्लो पटक चैतसम्म पानी ल्याइने भाका तोकिए पनि त्यो  सम्भव नहुने देखिएको छ ।आयोजना अन्तर्गत मुख्य काम ‘हेडबक्स’ निर्माण गर्न अझै २ महिनाभन्दा बढी लाग्ने भएकाले सो मितिमा पनि पानी आउने अनिश्चित भएको हो ।

 

गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडबक्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ भएको हो । त्यो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै अवधिमा सम्पन्न गर्न नसकिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।

 

अहिले निर्माण धमाधम अघि बढिरहेकाले चैतसम्ममा सम्पन्न गरिसकिने उनको भनाइ छ । ‘हेडबक्समा कङ्क्रिट गर्ने, गेटको फ्रेम राख्नेलगायतका काम सकिएको छ । उनले भने, ‘विद्युतीय कामलगायतका अरु केही काम अझै बाँकी छ ।’

 

गत वर्ष चैतदेखि आयोजनामा जनशक्ति र निर्माण सामग्री अभावका कारण निर्माणले गति लिन नसकेको सूचना अधिकारी पन्तले बताए । उनका अनुसार त्यो अवधिमा आवश्यक जनशक्तिको आधाभन्दा कम मात्रै निर्माणस्थलमा काम गरेका थिए ।

 

कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै स्थानीय तहले मालबाहक सवारी साधनको आवतजावतसमेत रोकेका थिए । त्यो अवधिमा काम पूरै ठप्प नभए पनि सुस्त भएको उनले बताए । उनले भने, ‘कोभिडका कारण ढिलाइ भएको आयोजनामा अवधि थप्न सक्ने सरकारले निर्णय गरेको छ ।’

 

नेपालमा कोभिड सङ्क्रमण कम हुँदा आयोजनाअन्तर्गत सुरुङमा भएको त्रुटि सच्याउने काम भइरहँदा ‘हेडबक्स’ निर्माण पनि अघि बढाइएको थियो । आयोजनामा यसअघि कार्यरत कम्पनीले गर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्झौता भएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले ‘हेडबक्स’ को बाँकी काम अघि बढाएको छ ।

 

आयोजनाले गत महिना सुरुङको परीक्षणका क्रममा ‘हेडबक्स’ को निर्माण नसकिएकाले अस्थायी बाँधमार्फत पानी पठाएको थियो ।सुरुङमा रहेको ढोका गलत तरिकाले जडान भएकाले दुर्घटना भएको पाइएको थियो ।

 

अहिले त्रुटि सच्याउने काम भइरहेको छ । त्रुटि सच्याएर सुरुङको पुनः परीक्षण गर्दा अस्थायी बाँधकै प्रयोग गरिने भएको छ ।दुई दशक पहिले निर्माण शुरु भएको सो आयोजनाअन्तर्गत अहिले सुरुङ निर्माण सम्पन्न भइसकेको छ ।

 

इटालेली निर्माण कम्पनी सिएमसीले आयोजना अलपत्र छाडेर गएपछि सरकारले विसं २०७५ असोजमा बाँकी काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनाअन्तर्गत यसअघि नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ ।

महिला लघुवित्तको आइपीओ निष्काशन मिति पछि सर्‍यो, अब कहिलेदेखि खुल्छ ? Read Previous

महिला लघुवित्तको आइपीओ निष्काशन मिति पछि सर्‍यो, अब कहिलेदेखि खुल्छ ?

घाटामा जान थाल्यो आयल निगम, हरेक १५ दिनमा १ अर्ब नोक्सानी बेहोर्दै Read Next

घाटामा जान थाल्यो आयल निगम, हरेक १५ दिनमा १ अर्ब नोक्सानी बेहोर्दै