काठमाडौं । आजदेखि सेयर कारोबार राफसाफमा टी प्लस टु (कारोबार भएको बाहेक २ दिन भित्र) व्यवस्था लागू भएको छ । यसअघि टी प्लस थ्री लागू हुँदै आएकोमा त्यसलाई परिवर्तन गरी टी प्लस टु लागू गरिएको हो ।
यससँगै अब लगानीकर्ताले सेयर किनबेच गरेको पैसा र सेयर दुई दिन भित्र राफसाफ गरिसक्नु पर्नेछ ।
सेयर बेच्नेले कारोबार गरेको भोलिपल्ट सेयर ट्रान्सफर (ईडीआइएस) गर्नुपर्नेछ भने सेयर किन्नेले पनि किनेको भोलिपल्टै ब्रोकरको खातामा पैसा हाल्दिनु पर्नेछ । इडीआइएस जारी गर्न नसक्ने लगानीकर्ताले टी प्लस १ भित्र भौतिक निर्देशन पूर्जी सम्बन्धित निक्षेप सदस्य (डीपी) मा बुझाउनु पर्नेछ।
यसैगरी, धितोपत्र विक्री कारोबार गर्ने (ब्रोकर)ले सेयर राफसाफ गरी पूँजीगत लाभकर गणना गरी राफसाफ तथा फर्छौट प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ ।
धितोपत्र बोर्डले गत महिना नै ‘धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली–२०६९’ संशोधन गर्दै टी प्लस टु लागू गर्न बाटो खुला गर्दिएको थियो ।
अब कसले के गर्नुपर्छ ?
