३ लघुवित्तको सेयर बजार मूल्यभन्दा सस्तोमा किन्ने अवसर, कुनको भाउ कति ?

काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका ३ वटा लघुवित्तको संस्थापक (प्रमोटर) सेयर लिलामी मार्फत विक्रीमा ल्याएको छ ।

 

बैंकले आजदेखि ३ लघुवित्तको कम्पनीको १० लाख ९६ हजार १५९ कित्ता प्रमोटर सेयर लिलामी विक्री खुला गरेको हो ।

 

बैंकले मेरो माइक्रोफाइनान्सको ५ लाख ९८ हजार ५९८ कित्ता, आरएमडीसी लघुवित्तको ४ लाख ३६ हजार ३६१ कित्ता र महुली सामुदायिक लघुवित्तको ६१ हजार २०० कित्ता प्रमोटर सेयर लिलामीमा ल्याएको हो ।

 

बैंकले लिलामीमा ल्याएको सेयरमा फागुन गतेसम्म गोप्य शिलबन्दी मार्फत बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले सबै कम्पनीको सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिनसक्नेछन् ।

 

लगानीकर्ताले लगानीकर्ताले मेरो माइक्रोफाइनान्सको न्यूनतम ४६३, आरएमडीसीको ५२३ रुपैयाँ र महुलीको न्यूनतम ८१२ रुपैयाँ नघटाइ आवेदन दिनुपर्नेछ ।

 

लगानीकर्ताले ३ वटै कम्पनीको सेयरमा एनआइसी एशिया क्यापिटल बबरमहल, एनआइसी एशिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालय विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

चौधरी ग्रुपले निर्माण गरेको मध्यमोदी जलविद्युतको काम ७५ प्रतिशत सम्पन्न Read Previous

चौधरी ग्रुपले निर्माण गरेको मध्यमोदी जलविद्युतको काम ७५ प्रतिशत सम्पन्न

लघुवित्त र बीमा कम्पनी चम्किँदा नेप्सेले रच्यो इतिहास, यी २२ कम्पनीका लगानीकर्ता भए मालामाल Read Next

लघुवित्त र बीमा कम्पनी चम्किँदा नेप्सेले रच्यो इतिहास, यी २२ कम्पनीका लगानीकर्ता भए मालामाल