चन्द्रागिरी हिल्सको आइपीओमा हालसम्मकै धेरै आवेदन, कति जनाले भरे ?
चाणक्य पोष्ट
प्रकाशित : 5:39 pm, मंगलबार, पुस २८, २०७७

काठमाडौं । चन्द्रागिरी हिल्सको प्राथमिक साधरण सेयर (आइपीओ) मा मागभन्दा साढे १७ गुणा धेरै आवदेन परेको छ ।

 

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आइपीओमा १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन् ।

 

यो हालसम्म खुलेका कुनै पनि आइपीओमा परेको सबैभन्दा धेरै आवेदन हो । यसअघि प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा साढे १० लाखले आवेदन दिएका थिए ।

 

यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने क्यापिटलले जनाएको छ । प्राथमिक तथ्यांक अनुसार ११ लाखभन्दा बढीले कम्पनीको आइपीओ  नपाउने देखिएको छ ।

 

हिल्सले पुस २४ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

 

निष्काशित कुल आइपीओ मध्ये ६१ हजार ३६४ कित्ता (४ प्रतिशत) कम्पनीका कर्मचारी, ७६ हजार ७०५ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषकहरु र १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधरणका लागि छुट्याएको थियो ।

 

कम्पनीले पहिलो चरणमा मंसिर १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको ३ करोड ६८ लाख १ हजार ९०० रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओमा जारी गरेको थियो ।

Advertisement Section