नेरुडे लघुवित्तले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा १२ प्रतिशत कम लाभांश, बोनस र नगद कति

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो आर्थिक वर्ष २०७५/७६ को भन्दा १२.३७ प्रतिशत कम हो । लघुवित्तले अघिल्लो वर्ष १५ प्रतिशत बोनस सेयर र ५.७९ गरी कुल २०.७९ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति Read Previous

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति

अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम अघि बढ्यो Read Next

अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम अघि बढ्यो