अब सेयर कारोबार राफसाफ २ दिनमै हुने

काठमाडौं । अब २ दिनमै सेयर कारोबारको राफसाफ हुने भएको छ । नेपाल धितोपत्र बोर्डले २ दिन मै सेयर राफसाफ चक्र पूरा हुनेगरी सीडीएस एन्ड क्लियरिङको विनियम स्वीकृत गरेको छ ।

 

बोर्डले हाल कायम रहेको सेयर कारोबारको राफसाफ समय ‘टी प्लस थ्रि’ बाट घटाएर ‘टी प्लस टु’ मा गर्न सीडीएसलाई स्वीकृति दिएको हो ।

 

‘धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट प्रणाली टी प्लस टु मा गर्ने बोर्डको आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रममा रहेको र सो कार्यान्वयनमा ल्याउन सीडीएस एण्ड क्लियरिङले आफ्नो विनियममा भएको हालको टी प्लस थ्रि लाई टी प्लस टु मा ल्याउने गरी संशोधन स्वीकृतिका लागि बोर्डमा पेश गरेको थियो,’ बोर्डद्वारा जारी सूचनामा भनिएको छ, ‘सोही बमोजिम बोर्डले धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट चक्र टी प्लस टु मा गर्ने गरी धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ मा सो प्रयोजनको लागि विनियममा संशोधन स्वीकृति गरेको छ ।’

 

विनियम स्वीकृत भएसँगै अब सीडीएस एण्ड क्लियरिङ्गले सार्वजनिक सूचना प्रकाशित गरी उत्तः व्यवस्था कार्यान्वयन गर्न सक्ने बोर्डले जनाएको छ ।

Scanned Image
पहिलो दिनमा कतिले भरे चन्द्रागिरी हिल्सको आइपीओ ? Read Previous

पहिलो दिनमा कतिले भरे चन्द्रागिरी हिल्सको आइपीओ ?

ललितपुर महानगरले साइकल किन्न आर्थिक सहयोग गर्ने Read Next

ललितपुर महानगरले साइकल किन्न आर्थिक सहयोग गर्ने