काठमाडौं । करिब ६ महिना अघि मात्र समस्याग्रस्तबाट मुक्त भएको नारायणी विकास बैंकले हकप्रदको बाढी ल्याउने भएको छ ।
यसै साता नेपाल धितोपत्र बोर्डबाट १०० प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको बैंकले फेरि अर्को २०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ ।
बैंकले अनुमति पाएको १०० प्रतिशत हकप्रद जारी नगर्दै फेरि अर्को २०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्तावसहित माघ १६ गते वार्षिक साधारणसभा डाकेको छ।
हाल ६ करोड ५६ लाख १७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको १०० प्रतिशत हकप्रदपछि चुक्ता पूँजी १३ करोड १२ लाख ३४ हजार रुपैयाँ पुग्नेछ ।
यसपछि पनि बैंकले फेरि १:२ को अनुपातमा हकप्रद जारी गरी चुक्ता पूँजी ३९ करोड ३७ लाख रुपैयाँ पुर्याउने प्रस्ताव साधरण सभामा पेश गर्ने भएके छ ।