नेरुडे लघुवित्तको साढे ५२ हजार कित्ता सेयर ३०० रुपैयाँमै किन्ने अवसर

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको (प्रमोटर) सेयर आजदेखि लिलामीमा आएको छ ।

 

प्राइम कमर्शियल बैंकले आफ्नो स्वामित्वमा रहेको ५२ हजार ७५० कित्ता संस्थापक सेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।

 

बैंकले आफ्नो स्वामित्वमा रहेको १ लाख १० हजार कित्ता संस्थापक सेयर २०७६ असार १० गतेदेखि विक्रीमा ल्याएको थियो । त्यसमध्ये २२ हजार ७०० कित्ता सेयर मात्र विक्री भएको थियो ।

 

सो बेला बाँकी रहेको ८७ हजार ३०० कित्ता २०७७ मंसिर १८ गतेदेखि लिलामीमा ल्याएको भए पनि ३४ हजार १५० कित्ता मात्र विक्री भएको थियो । सो बाँकी रहेको ५२ हजार ७५० कित्ता बैंकले अहिले फेरि लिलामीमा ल्याएको हो ।

 

कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

 

कम्पनीको लिलामी सेयरमा पुस २३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

 

इच्छुक लगानीकर्ताले सनराइज क्यापिटल, प्राइम कमर्शियल बैंकका शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन् ।बोलपत्र पुस २६ गते दिउँसो १ बजे खुला गरिने क्यापिटलले जनाएको छ ।

अब पुनः श्रम स्वीकृति लिन श्रम कार्यालय धाउन नपर्ने, अनलाइनबाटै स्वीकृति लिन सकिने Read Previous

अब पुनः श्रम स्वीकृति लिन श्रम कार्यालय धाउन नपर्ने, अनलाइनबाटै स्वीकृति लिन सकिने

अम्बानीलाई पछि पार्दै कोरोनाको खोप उत्पादन कम्पनीका मालिक बने एशियाकै धनी व्यक्ति Read Next

अम्बानीलाई पछि पार्दै कोरोनाको खोप उत्पादन कम्पनीका मालिक बने एशियाकै धनी व्यक्ति