काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ ।
नाडेपलाई डेप्रोक्स लघुवित्तले प्राप्ति गर्ने सम्झौता भएसँगै नेप्सेले आजदेखि लघुवित्तको कारोबार रोक्का गरेको हो ।
बुधबार प्राप्ति सम्बन्धी सम्झौतापत्रमा डेप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरे ।
प्राप्ति सम्बन्धी सम्झौता भए पनि नाडेपको स्वाप रेसियो भने डीडीए रिपोर्ट आएपछि मात्र थाहा हुने जनाइएको छ ।
चितवनको भरतपूरमा केन्द्रीय कार्यालय डेप्रोक्स लघुवित्तको चुक्ता पूँजी हाल १ अर्ब ५४ लाख रूपैयाँ रहेको छ भने धादिङको गजूरीमा केन्द्रीय कार्यालय रहेको नाडेपको चुक्ता पूँजी ४० करोड ४८ लाख रूपैयाँ रहेको छ ।