पुस २८ देखि नागरिक लगानी कोषको हकप्रद खुल्ने, कहिलेसम्म सेयर किन्नेले भर्न पाउँछन ?

काठमाडौं । नागरिक लगानी कोषले यही पुस २८ गतेदेखि हकप्रद सेयर विक्री खुला गर्ने भएको छ । कोषले चुक्ता पूँजी वृद्धि गर्न १००:८२ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।

 

लगानी कोषले प्रतिसेयर १०० रुपैयाँ दरले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

 

कोषको हकप्रदमा माघ १९ गतेसम्म आवेदन दिन पाइने छ । कोषले पुस ६ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद जारी गर्न अनुमति पाएको थियो ।

 

हकप्रद प्रयोजनका लागि कोषले पुस १४ गते बुकक्लोज मिति तोकेको छ । त्यस अनुसार पुस १३ गतेसम्म कायम रहने सेयरधनीले कोषको हकप्रदमा आवेदन दिन पाउने छन् ।

 

कोषको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्ध आरबीबी मर्चेण्ट रहेको छ । हाल १ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कोषको हकप्रद विक्री पछि चुक्ता पूँजी ३ अर्ब पुग्नेछ ।

नारायणगढ-मुग्लिन सडकमा धमाधम १५ पुल बन्दै, १ अर्ब २७ करोडमा ठेक्का Read Previous

नारायणगढ-मुग्लिन सडकमा धमाधम १५ पुल बन्दै, १ अर्ब २७ करोडमा ठेक्का

प्रभु लाइफको आइपीओ बाँडफाँट, ५ लाख ९ हजारको हात रित्तो Read Next

प्रभु लाइफको आइपीओ बाँडफाँट, ५ लाख ९ हजारको हात रित्तो