काठमाडौैं । नबिल बैंकसँग मर्जर हुने हल्ला चलाएर सिद्धार्थ बैंको सेयरमा चलखेल भएको छ ।
विभिन्न सञ्चार माध्यम नबिल बैंकसँग मर्जर हुने समाचार प्रकाशन भएसँगै सिद्धार्थको सेयरको माग ह्वात्तै बढाइएको छ ।
आज बजार खुल्न साथ सिद्धार्थको सेयर मूल्य करिब १० प्रतिशतले बढाइएको थियो । अहिले पनि ५ प्रतिशत बढेर कारोबार भइरहेको छ भने खरिदका लागि माग उच्च देखाइएको छ ।
बजारका केही ठूला खेलाडीहरुले भ्रामक सन्देश सम्प्रेषण गरी साना तथा सोझा लगानीकर्तालाई फसाउने झुठको खेती गरेका हुन् ।
यता सिद्धार्थ बैंकले सूचना जारी गर्दै मर्जर सम्बन्धी कुनै सम्झौता नभएको जनाकारी गराएको छ ।
‘यस सिद्धार्थ बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था बीच मर्जर/एक्वीजिशन सम्बन्धी सार्वजनिक भएका समाचारको कुनै आधिकारिकता नभएको जानकारी गराउँद छौं,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
