भारतीय सेयर बजारमा पहिरो, लगानीकर्ताले गुमाए एकैदिन ७ लाख करोड

सोमबार नेपाली सेयर बजारमा केही सुधार आउँदै गर्दा भारतीय सेयर बजारमा भने पहिरो गएको छ ।

 

सोमबार भारतीय सेयर बजारको बजार पूँजीकरण ७ लाख करोड भारुले घटेको छ । बम्बे स्टक एक्सचेन्जको बजार पूँजीकरण आज १८५ लाख करोडबाट झरेर १७८ करोडमा आइपुगेको हो ।

 

केही समययता लगातार बढीरहेको भारतीय सेयर बजार नाफा बुकिङ र कोरोना भाइरसको कारणले केही युरोपेली देशहरुले नियन्त्रणात्मक कार्यक्रम ल्याउने संकेतसँगै घटेको विज्ञहरुले बताएका छन् ।

 

बम्बे स्टक एक्सचेन्ज आज १४८१ अंकले घटेर ४५ हजार ४ सय ७८ मा आएको छ । बजारमा यसरी पहिरो जाँदा ५०० वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

अत्याधिक घटेका ५ वटा कम्पनीहरुको मात्र कुल बजार पूँजीकरण १.९५ लाख करोडले घटेको छ । रिलायन्स, आइसीआइसीआई बैंक, एचडीएफसी बैंक लगायत कम्पनीका सेयर मूल्यमा भारी गिरावट आएको छ ।

ग्लोबल आइएमई बैंकका २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा Read Previous

ग्लोबल आइएमई बैंकका २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

विदेश जाने ७६% घटे पनि रेमिट्यान्समा उल्लेख्य वृद्धि, ४ महिनामै भित्रियो ३ खर्ब ३७ अर्ब Read Next

विदेश जाने ७६% घटे पनि रेमिट्यान्समा उल्लेख्य वृद्धि, ४ महिनामै भित्रियो ३ खर्ब ३७ अर्ब