सेयर बजारमा किन आयो लगातार गिरावट, पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ । यस साताको शुरुका दुई दिनमै करिब १०२ अंकले बढेको बजारमा पछिल्ला तीन दिनमा करिब ३४ अंकको करेक्शन आएको हो ।यससाता नेप्से समग्रमा ६८ अंकले बढेको छ ।

 

आज सूचकमा दोहोरो अंकको गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । बुधबारको तुलनामा आज कारोबार रकम १ अर्ब ५२ करोड रुपैयाँले घटेको छ ।

 

यस साता शुरुका दुई दिनमा तीव्र अंकले बढेको बजारमा प्रफिट बुक गर्ने हाबी हुँदा पछिल्ला दिनमा गिरावट आएको आकलन गरिएको छ । सूचक घटे पनि कारोबार रकम उत्साहजन रहेको हुँदा यसलाई सामान्य करेक्शनको रुपमा लिनुपर्ने लगानीकर्ता बताउँछन् ।

 

सेयर बजार मापक सूचक नेप्से २२.७० अंकले घटेर २०३२.५२ विन्दुमा आइपुगेको छ । यसदिन १९५ कम्पनीको १ करोड ४१ लाख १४ हजार ४६० कित्ता सेयर ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८१५ रुपैयाँमा कारोबार भएको छ ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये माइक्रोफाइनान्स समूह बाहेक अन्य सबै समूहको परिसूचक रातो भएका छन् । माइक्रोफाइनान्स समूहको परिसूचक ९.२८ अंकले बढेको छ भने जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २७४.२७ अंकले घटेको छ ।

 

आज कारोबार भएका कुल १९५ कम्पनी मध्ये ५१ कम्पनीको मूल्य बढेको छ भने १२९ कम्पनीको मूल्य घटेको छ । १५ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

 

आज लगानीकर्ता पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ८० करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ ५५ करोड र नेपाल बैंक ३७ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

 

घट्दो बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज महुली सामुदायिक लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, र माउन्टेन इनर्जीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

पछिल्लो हप्ता लगातार पोजेटिभ सर्किट लाग्दै आएको नारायणी विकास बैंकको सेयर मूल्य भने आज सबैभन्दा धेरै ७.५१ प्रतिशतले घटेको छ ।

१४० मेगावाटको तनहुँ जलविद्युतको प्रसारण लाइन निर्माण तीव्र Read Previous

१४० मेगावाटको तनहुँ जलविद्युतको प्रसारण लाइन निर्माण तीव्र

पैसा नलिइ घर नफकर्ने उखु किसानको घोषणा, नेताहरुकै संरक्षणमा पैसा नतिरेको आरोप Read Next

पैसा नलिइ घर नफकर्ने उखु किसानको घोषणा, नेताहरुकै संरक्षणमा पैसा नतिरेको आरोप