नागरिक लगानी कोषले पायो हकप्रद जारी गर्न अनुमति, सेयरमा झुम्मिँदै लगानीकर्ता

काठमाडौं । नागरिक लगानी कोषले हकप्रद निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कोषलाई १००:८२ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

 

लगानी कोषले प्रतिसेयर १०० रुपैयाँ दरले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

 

कोषले हकप्रद निष्काशन गर्न अनुमति माग्दै भदौ २२ गते बोर्डमा निवेदन दिएको थियो । उक्त हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवाका लागि आरबीबी मर्चेण्टलाई नियुक्त गरेको छ ।

 

हकप्रद निष्काशन अनुमति पाएसँगै लगानीकर्ता यसको सेयर किन्न आकर्षित भएका छन् । आज प्रतिकित्ता ५२३५ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य ५ प्रतिशभन्दा बढीले बढेर ५५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा अलैँची माग उच्च, भारतीय व्यापारी अलैँची खोज्दै नेपाल पसे Read Previous

अन्तर्राष्ट्रिय बजारमा अलैँची माग उच्च, भारतीय व्यापारी अलैँची खोज्दै नेपाल पसे

नेपाल-भारत उडान शुरु, ९ महिनापछि दिल्ली उड्यो निगमको जहाज Read Next

नेपाल-भारत उडान शुरु, ९ महिनापछि दिल्ली उड्यो निगमको जहाज