साना किसान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा २.३७ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा २७.२५ प्रतिशत बोनस र १.४३ प्रतिशत नगद गरी कुल २८.६८ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

बन्चरेडाँडा ल्याण्डफिलमा पुस पहिलो सातादेखि फोहर फाल्न मिल्ने Read Previous

बन्चरेडाँडा ल्याण्डफिलमा पुस पहिलो सातादेखि फोहर फाल्न मिल्ने

७ वर्षमा पनि बनेन बालाजु-त्रिशूली सडक, ठेकेदारको चरम लापारबाही Read Next

७ वर्षमा पनि बनेन बालाजु-त्रिशूली सडक, ठेकेदारको चरम लापारबाही