काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
लघुवित्त सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र कर प्रयोजनसहित ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले अघिल्लो आव २०७५/७६ मा पनि १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत नै लाभांश दिएको थियो ।
लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।