सेयर बजारमा दोहोरो अंकको करेक्शन, पुनर्बीमा कम्पनीले बनायो कारोबारमा कीर्तिमान

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । पछिल्लो दुई साता समय निरन्तर उकालो लागेको बजारमा आज दोहोरो अंकको करेक्शन आएको हो ।

 

दिनभर तीव्र उतरभढाव देखिएको बजार अन्तिममा करिब १६ अंकले घटेर बन्द भएको हो । सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से १५.५७ अंकले घटेर २०५५.४६ विन्दुमा आइपुगेको छ । यसदिन २०० कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता सेयर ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९७ रुपैयाँमा कारोबार भएको छ ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये जलविद्युत र लघुवित्त बाहेक अन्य सबै समूहको परिसूचक राताम्मे भएका छन् । आज लघुवित्त समूहको सबैभन्दा धेरै ३०.०८ अंकले बढेको छ भने जीवन बीमा समूह २५८.२६ अंकले घटेको छ ।

 

आज कारोबार भएका कुल २०० कम्पनी मध्ये जम्मा ३९ कम्पनीको मूल्य बढेको छ भने १५२ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

 

पुनर्बीमा कम्पनीले बनायो कारोबारमा नयाँ कीर्तिमान

 

आज लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । कुल ८ अर्बको कारोबार मध्ये यस कम्पनीको मात्रै १ अर्ब ११ करोड बढीको कारोबार भएको छ । नेपाली सेयर बजार इतिहासमा कुनै पनि कम्पनीको साधरण सेयर एकै दिनमा १ अर्ब बढीको कारोबार भएको यो पहिलो पटक हो । यसकोे ६ लाख ३५ हजार ७३२ कित्ता सेयर किनबेच भएको छ ।

 

कारोबार रकमकै आधारमा नेपाल टेलिकम ४२ करोड र नेपाल लाइफ इन्स्योरेन्स ३० करोडसहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

 

घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूलयमा पोजेटिभ सर्किट लागेको छ । एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर र माथिल्लो तामाकोशीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

आज विशाल बजार कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ६.९७ प्रतिशत गुमाएका छन् ।

प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’ बेच्न सिङ्गापुरले दियो अनुमति Read Previous

प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’ बेच्न सिङ्गापुरले दियो अनुमति

१ वर्षमा भित्रिए सवा २ लाख विदेशी पर्यटक, प्रवद्र्धन रणनीति बनाउँदै पर्यटन बोर्ड Read Next

१ वर्षमा भित्रिए सवा २ लाख विदेशी पर्यटक, प्रवद्र्धन रणनीति बनाउँदै पर्यटन बोर्ड