काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
लघुवित्त सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस र कर प्रयोजनसहित ७ प्रतिशत नगद गरी कुल २९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा १५.३४ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा २७.१२ प्रतिशत बोनस र १७.२२ प्रतिशत नगद गरी कुल ४४.३४ प्रतिशत लाभांश दिएको थियो ।
लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।