हुलाकी राजमार्ग निर्माणले गति लिँदै, ४ महिनामा ७५ किमी कालोपत्र सम्पन्न

सांकेतिक तस्वीर

काठमाडौं । राष्ट्रिय गौरव आयोजना अन्तर्गत बन्दै गरेको हुलाकी राजमार्ग निर्माण अन्तर्गत ७५ किलोमिटर कालोपत्र भएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ७५ किलोमिटर सडक कालोपत्र भएको सडक विभागले जनाएको हो ।

 

हुलाकी राजमार्ग अन्तर्गत कुल १७९२.४२ किलोमिटर लामो सडक खण्ड निर्माण तथा स्तरोन्नति भइरहेको छ । सो मध्ये हालसम्म ५८७ किलोमिटर सडक कालोपत्र भएको सडक विभागका सूचना अधिकारी रमेश कुमार सिंहले बताए ।

 

उनले पछिल्लो समय कोभिड बीच पनि सडक निर्माणका कामहरुले गति लिइरहेको बताएका छन् । ‘कोभिड बीच यतिको काम हुनु राम्रो हो, धेरै नभए पनि सडक निर्माणका कामहरुले गति लिइरहेका छन्,’ सिंहले चाणक्य पोष्टसँग भने ।

 

हुलाकी राजमार्ग अन्तर्गत कुल १७९२.४२ किलोमिटर लामो सडक खण्ड निर्माण तथा स्तरोन्नति भइरहेको छ । सो मध्ये हालसम्म ५८७ किलोमिटर सडक कालोपत्र भएको छ ।

 

३०० किलोमिटर हाराहारीमा सडक ग्राभेलको काम सम्पन्न भएको छ । सडकको बाँकी ५४४ किलोमिटर मध्ये ३८६ किलोमिटर सडकको ठेक्का सम्झौता भइसकेको सडक विभागले जनाएको छ ।

 

गत आर्थिक वर्ष २०७६/७७ मा मात्र ६५.४ प्रतिशत भौतिक प्रगति भएको छ । गत आवमा १६८ ककिलोमिटर कालापत्र गर्ने र ७० किलोमिटर ग्राभेल गर्ने लक्ष्य रहेको थियो । तर, सो आवमा कोभिडका कारण लक्ष्य अनुसार निर्माण हुन सकेको थिएन ।

 

उनका अनुसार गत आवमा ९८ किलोमिटर सडक कालापत्र भएको छ । ग्राभेल लक्ष्य अनुरुप ७० किलोमिटर नै सम्पन्न भएको उनले बताए ।

 

आर्थिक वर्ष २०७५/७६ मा १९२ किलोमिटर सडक कालोपत्रे भएको थियो । १०३ किलोमिटर सडक ग्राभेल भएको थियो ।

 

हुलाकी राजमार्ग सडक खण्ड अन्तर्गत २१९ पुल निर्माण गर्नु पर्ने छ । हालसम्म ९७ वटा हाराहारीमा पुल निर्माण सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कुल ८ वटा पुल निर्माण सम्पन्न भएको थियो ।

 

हुलाकी राजमार्ग आयोजना २०७९/८० सालसम्ममा सम्पन्न गर्ने लक्ष्य सहित २०६६/६७ बाट निर्माण शुरू भएको हो । ११ वर्ष पुग्दा जम्मा आदा मात्र निर्माण पुरा भएको छ । हालसम्ममा हुलाकी राजमार्गको भौतिक प्रगति ५६ प्रतिशत रहेको छ ।

 

उक्त आयोजना प्रारम्भिक लागत ४७ अर्ब २४ करोड रुपैयाँ अनुमान गरिएको थियो । पछि संशोधित लागत रकम ६५ अर्ब २० करोड रुपैयाँ छ ।

 

उक्त सडक निर्माणका क्रममा हालसम्म ५४.२९ प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना शु भएदेखि हालसम्म ३५ अर्ब रुपैयाँ हाराहारीमा बजेट खर्च भइसकेको सडक विभागले जनाएको छ ।

 

गत आर्थिक वर्षमा हुलाकी राजमार्गको वित्तीय प्रगति ७०.४५ प्रतिशत रहेको थियो । गत आवमा ४ अर्ब २ करोड ६१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । गत आवमा कुल ५ अर्ब ५१ करोड १७ लाख रुपैयाँ खर्च भएको छ ।

रियलमी ७ र ७ आई सार्वजनिक, यस्तो छ मूल्य र विशेषता Read Previous

रियलमी ७ र ७ आई सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

एनएमबी माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति Read Next

एनएमबी माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति