नेपाल एसबीआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.४७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा ७.३७ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा ६ प्रतिशत बोनस र १०.८४ प्रतिशत नगद गरी कुल १६.८४ प्रतिशत लाभांश दिएको थियो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

किशोर प्रधान समूहको चुनावी अभियान सम्पन्न,भन्छन् : व्यवसायीको सम्मान दिलाउने मेरो पहिलो काम Read Previous

किशोर प्रधान समूहको चुनावी अभियान सम्पन्न,भन्छन् : व्यवसायीको सम्मान दिलाउने मेरो पहिलो काम

स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल बनाउन अर्थले जुटायो स्रोत, ५८ अर्ब खर्च हुने Read Next

स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल बनाउन अर्थले जुटायो स्रोत, ५८ अर्ब खर्च हुने