नबिल बैंकलाई उछिन्दै पुनर्बीमा बन्यो दोस्रो ठूलो कम्पनी, यी हुन् सेयर बजारका १० ठूला कम्पनी

काठमाडौं । नबिल बैंकलाई उछिन्दै नेपाल पुनर्बीमा कम्पनी बजार पूँजीकरणका आधारमा दोस्रो ठूलो कम्पनी बनेको छ ।

 

पछिल्लो एक सातामै सेयर मूल्य १०० रुपैयाँभन्दा धेरैले बढेपछि नबिललाई पछि पार्दै दोस्रो ठूलो कम्पनी बनेको हो । पछिल्लो सातामै बजार पूँजीकरण १३ अर्ब रुपैयाँले बढेर ९८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार सेयर बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ । टेलिकमको बजार पूँजीकरण १ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ छ ।

 

यस्तै तेस्रो स्थानमा ८९ अर्ब ४५ करोड बजार पूँजीकरण सहित नबिल बैंक रहेको छ भने ८३ अर्ब ४८ करोड रुपैयाँ पूँजीकरण रहेको नेपाल लाइफ इन्स्योरेसन चौथो स्थानमा रहेको छ ।

यस्तै, बजार पूँजीकरणका आधारमा नागरिक लगानी कोष ७३ अर्ब १७ करोड पाँचौं, एनआइसी एशिया बैंक ६२ अर्ब ५८ करोड, एनएमबी बैंक ६१ अर्ब ८३ करोड रुपैयाँ सहित क्रमशः शीर्ष सात स्थानमा रहेका छन् ।

 

त्यसैगरी, ६० अर्ब ९८ करोड बजार पूँजीकरण रहेको नेपाल इन्भेष्टमेन्ट बैंक आठौं, ५६ अर्ब १३ करोड रुपैयाँ सहित हिमालयन बैंक नवौं र ५५ अर्ब ९८ करोड रुपैयाँसहित एभरेष्ट बैंक दशौं स्थानमा रहेको छ ।

 

नेप्सेका अनुसार सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण २३ खर्ब २ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । यो नेपाली सेयर बजारको इतिहासमा अहिलेसम्मकै धेरै हो ।

संस्था गाभेका बाहेक अधिकांश बैंकको नाफा घट्यो, ज्वाइन्ट भेञ्चर बैंकको हालत खराब Read Previous

संस्था गाभेका बाहेक अधिकांश बैंकको नाफा घट्यो, ज्वाइन्ट भेञ्चर बैंकको हालत खराब

अब ६० हजार मात्र 'स्मार्ट लाइसेन्स’ स्टक, १४ लाख कार्ड खरिद गरिँदै Read Next

अब ६० हजार मात्र 'स्मार्ट लाइसेन्स’ स्टक, १४ लाख कार्ड खरिद गरिँदै