काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाको मङ्सिर ४ गतेदेखि पौने ४ लाख कित्ता संस्थापक सेयर लिलाममार्फ विक्री हुने भएको छ ।
आरएमडीसी लघुवित्तले आफ्नो स्वामित्वमा रहेको फरवार्डको ३ लाख ७५ हजार ३०७.५७ कित्ता संस्थापक सेयर लिलामी मार्फत बेच्न लागेको हो ।
यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यद्यपि पहिलो प्राथमिकतामा भनेसंस्थापक सेयरधनी नै पर्ने कम्पनीले जनाएको छ ।
इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य तोकी आवदेन दिनुपर्नेछ । फरवार्डको लिलामी सेयरको न्यनूतम मूल्य प्रतिकित्ता ९५३.३६ रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले न्यूनतम १००० कित्तादेखि अधिकतम सबै कित्ताको लागि पुस ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
आज दोस्रो बजारमा फरवार्डको सेयर प्रतिकित्ता १६४८ रुपैयाँमा कारोबार भइरहेको छ ।