काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
लघुवित्त सञ्चालक समितिको बुधबार बसेको बैठकले २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
लघुवित्तको हाल ३९ करोड ६१ लाख ४६ हजार ६४१ रुपैयाँ चुक्ता पूस्ँजी रहेको छ भने बोनसपछि चुक्ता पूँजी ४४ करोड ३६ लाख ८४ हजार २८७ रुपैयाँ पुग्नेछ ।