ग्रीन भेन्चरको साढे ६२ करोडको आइपीओ आउँदै, विक्री प्रबन्धक नियुक्त

काठमाडौं । ग्रीन भेन्चर लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अकिंकत मूल्यमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो ।

 

कम्पनीले निष्काशनका लागि लक्ष्मी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।

 

सोमबार लक्ष्मी क्यापिटल र ग्रिन भेन्चरबीच सेयर निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र ग्रीन भेन्चरका तर्फबाट सञ्चालक अध्यक्ष सुभाष चन्द्र संघईले हस्ताक्षर गरे ।

 

आइपीओ निष्काशनका लागि अब अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले सर्वसाधरणमा सेयर  निष्काशन गर्नेछ ।

एफएनसीसीआई निर्वाचनः बस्तुगततर्फका समस्याबारे छलफमा उपाध्यक्षका उमेद्वार अञ्जन श्रेष्ठ Read Previous

एफएनसीसीआई निर्वाचनः बस्तुगततर्फका समस्याबारे छलफमा उपाध्यक्षका उमेद्वार अञ्जन श्रेष्ठ

कामना सेवा विकास बैंकको कमाल, खुद नाफा १० गुणाले वृद्धि, ईपीएस २८ रुपैयाँले बढ्यो Read Next

कामना सेवा विकास बैंकको कमाल, खुद नाफा १० गुणाले वृद्धि, ईपीएस २८ रुपैयाँले बढ्यो