प्राइम कमर्शियल बैंकले साढे ३ अर्बको ऋणपत्र विक्री गर्दै, कति पाइन्छ ब्याज

काठमाडौं । प्राइम कमर्शियल बैंकले साढे ३ अर्ब बराबरको ऋणपत्र विक्रीमा ल्याउने भएको छ ।

 

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

 

कुल ३५ लाख ऋणपत्र मध्ये २१ लाख कित्ता बैंकले व्यत्तिःगत रुपमा विभिन्न संघसंस्थालाई विक्री गर्नेछ भने १४ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ ।

 

वार्षिक ८.७५ प्रतिशत ब्याज पाइने उक्त ऋणपत्रको अवधि ८ वर्षको हुने बैंकले जनाएको छ ।

 

धितोपत्र बोर्डको अनुमति पाएपछि ऋणपत्र निष्काशन हुनेछ । अणपत्र जारी गर्न बैंकले आरबीबी मर्चेन्ट बैंकिङलाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

सरकारले तोकेकोभन्दा २० प्रतिशत बढी मूल्यमा धान किन्दै सहकारी Read Previous

सरकारले तोकेकोभन्दा २० प्रतिशत बढी मूल्यमा धान किन्दै सहकारी

उपत्यकाको जाम कम गर्न स्मार्ट पार्किङदेखि फ्लाइ ओभरसम्म,  यस्तो छ तत्कालीन र दीर्घकालीन कार्ययोजना Read Next

उपत्यकाको जाम कम गर्न स्मार्ट पार्किङदेखि फ्लाइ ओभरसम्म, यस्तो छ तत्कालीन र दीर्घकालीन कार्ययोजना