२० प्रतिशत लाभांश बाँड्न आरएमडीसी लघुवित्तलाई राष्ट्र बैंकको अनुमति

काठमाडौं । आरएमडीसी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको २० प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।

 

लघुवित्तले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता १५ प्रतिशत बोनस सेयर र करप्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकबाट अनुमति पाएको हो ।

 

राष्ट्र बैंकबाट स्वीकृति पाएसँगै अब लघुवित्तको वार्षिक साधरण सभाले पारित गरेपछि सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

पर्यटन प्रवद्र्धनका लागि ‘नेपाल साइकल यात्रा’ हुँदै, यस्तो छ १६२४ किमी लामो रुट Read Previous

पर्यटन प्रवद्र्धनका लागि ‘नेपाल साइकल यात्रा’ हुँदै, यस्तो छ १६२४ किमी लामो रुट

माइक्रोफाइनान्सको सेयर झुम्मिए लगानीकर्ता, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

माइक्रोफाइनान्सको सेयर झुम्मिए लगानीकर्ता, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट