लक्ष्मी भ्यालु फण्ड–१ को लाभांश घोषणा

काठमाडौं । लक्ष्मी बैंकको प्रवद्र्धनमा लक्ष्मी क्यापिटल अन्तर्गत सञ्चालित सामूहिक लगानी कोष लक्ष्मी भ्यालु फण्ड–१ ले लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

 

बुधबार बसेको क्यापिटल सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/०७६ को लागि कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा लक्ष्मी भ्यालु फण्ड १ को प्रति इकाइ खुद मूल्य ११.९८ रुपैयाँ रहेको छ । धितोपत्रको दोस्रो बजारमा साउन १६ गते फण्डको प्रतिईकाइ मूल्य १० रुपैयाँ ७५ पैसा छ।

 

लक्ष्मी भ्यालु फण्ड १ लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्याएको पहिलो सामूहिक लगानी कोष योजना हो। यसका अतिरिक्त कम्पनीले लक्ष्मी इक्विटी फण्ड नामको दोस्रो योजना समेत सञ्चालन गरेको छ।

 

पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक टिमुर खेती शुरु Read Previous

पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक टिमुर खेती शुरु

एनसेलका २ दर्जन टावरमा आगजनी Read Next

एनसेलका २ दर्जन टावरमा आगजनी