काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सेयर आजदेखि विक्री खुला भएको छ । कम्पनीले थप पूँजी जुटाउन हाल कायम चुक्ता पूँजीको ४७ प्रतिशत अर्थात १००:४७ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद विक्री खुला गरेको हो।
अपि पावरले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि थप पूँजी जटाउन हकप्रद सेयर जारी गर्न लागेको हो ।
हकप्रद निष्काशनका लागि कम्पनीले २०७६ चैत १ गते बुकक्लोज गरेको थियो। यसअनुसार फागुन ३० गतेसम्म कायम यस सेयरधनीले मात्र उक्त हकप्रद भर्न पाउनेछन् । लगानीकर्ताले कम्पनीको हकप्रदमा मंसिर ४ गतेसम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीको हकप्रद सेयरको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। हकप्रदमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, सिद्धार्थक बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालय, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका र मेरोसेयर मार्फत आवेदन दिन पाउनेछन् ।
कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।
हाल १ अर्ब १९ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि चुक्ता पूँजी १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।