स्ट्याण्डर्ड चार्टर्डले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४.८४ प्रतिशत नगद गरी कुल ११.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा १०.६६ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा २२.५ प्रतिशत नगद लाभांश दिएको थियो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

यातायात कार्यालयमा हुनुपर्ने स्मार्ट लाइसेन्स जब धान खेतमा भेटियो... Read Previous

यातायात कार्यालयमा हुनुपर्ने स्मार्ट लाइसेन्स जब धान खेतमा भेटियो...

अमेरिका निर्वाचन २०२० मत सर्वेक्षणमा को अगाडि - डोनल्ड ट्रम्प कि जो बाइडन ? Read Next

अमेरिका निर्वाचन २०२० मत सर्वेक्षणमा को अगाडि - डोनल्ड ट्रम्प कि जो बाइडन ?